चीनको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किए प्रधानमन्त्री ओली

काठमाडौं, भदौ १९ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्। प्रधानमन्त्री ओलीको नेतृत्वमा २३ सदस्यीय प्रतिनिधिमण्डल अगस्ट ३० मा सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन चीन प्रस्थान गरेको थियो।
प्रधानमन्त्रीलाई आज राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा र मुख्य सचिव एका नारायण अर्यालले स्वागत गरेका थिए।
कार्यक्रममा उच्च पदस्थ सरकारी अधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरू र नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधिहरू पनि उपस्थित थिए।
प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२ ११:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय