
काठमाडौं, साउन २७ । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
यसअघि बिसं २०७७ भदौ महिनाामा आफ्नो चार वर्षे कार्यकाल पुरा गरेर विदा हुनुभएका घिसिङलाई एक बर्षपछि सरकारले पनि बिद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । नवनियुक्त कार्यकारी निर्देशक घिसिङलाई आज बुधबार ऊर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयले नियुक्तीपत्र दिने तयारी गरेको छ ।
नेपालमा लोडसेडिङ हटाएर उज्यालो नेपाल निर्माणमा महत्वपुर्ण भुमिका खेलेका घिसिङले अघिल्लो सरकारको पालामा पुर्ननियुक्त हुन चाहनुभएको थियो । तर तत्कालीन समयमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँलाई नियुक्त गर्न नचाहेपछि घिसिङ प्राधिकरणमा दोस्रो कार्यकालको लागि कार्यकारी निर्देशक बन्न असफल हुनुभएको थियो । तर बर्तमान गठनबन्धन सरकारले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ ।