Kath Khabar
देशकै प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा पनि प्रदर्शनकारीले लगाए आगो

                   काठमाडौं, भदौ  २४ । देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा पनि प्रदर्शनकारीले आगो लगाएका छन् । आन्दोलनकारीले  सिंहदरबारको पश्चिमी गेटबाट भित्र प्रवेश गरेर आगो लगाइदिएका हुन् ।

सुरूमा सुरक्षाकर्मीले प्रदर्शनकारीलाई बाहिर निकाले पनि पछि ठुलो समूह भित्र पसेको थियो । उनीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आगजनी गरेका छन् । 

आन्दोलनकारीले महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय भवन र पूर्वराष्ट्रपति विद्या भण्डारीको निवासमा पनि आगजनी गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update