Kath Khabar
अर्थमन्त्रीको जिम्मेवारी पाएका रामेश्वर खनालले सरकारी सुविधा नलिने

                       काठमाडौं, भदौ ३० । प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारमा अर्थमन्त्रीको जिम्मेवारी पाएका रामेश्वर खनालले तलब, मन्त्री क्वार्टर, गाडी लगायतका कुनै पनि सुविधा नलिने घोषणा गरेका छन् । खनालले सपथ लिनुअघि नै सरकारी सुविधा नलिने स्पष्ट पारेका हुन् । 

खनालले पिएसओ सहित तलब, मन्त्री क्वार्टर, गाडी लगायतका कुनै पनि सुविधा नलिने घोषणा गरेका हुन् । आफ्ना व्यक्तिगत खर्च आफैं व्यवस्थापन गर्ने र पदमा रहेसम्म सरकारी सुविधा प्रयोग नगर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् । खनालको यो निर्णयलाई राजनीतिक र आर्थिक वृत्तमा फरक दृष्टिले हेरिएको छ । यसलाई कतिपयले नेतृत्वको इमानदारी रूपमा व्याख्या गरेका छन् ।

पूर्वअर्थसचिव रहेका खनाल अर्थतन्त्रका कमजोरी, समस्या कहाँ छन्, तत्काल के गर्नुपर्ने हो र दीर्घकालीन समाधान के हुन सक्छ भन्ने विषयमा गहिरो अध्ययन र अनुभव भएको व्यक्तिका रुपमा उनी चर्चित छन् । 

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update