
काठमाडौं, भदौ ३० । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका नवनियुक्त मन्त्रीहरूले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
अन्तरिम सरकारमा रामेश्वर खनाललाई अर्थमन्त्री, कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, शहरी विकासमन्त्री र ओमप्रकाश अर्याललाई गृह, कानून तथा संसदीय मामिलामन्त्री नियुक्त गरिएको छ ।
शीतल निवासमा आयोजित एक समारोहमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री सुशिला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, सुरक्षा निकायका प्रमुखहरू र उच्चपदस्थ सरकारी अधिकारीहरू सो अवसरमा उपस्थित थिए ।