Kath Khabar
पदभार ग्रहणमा गृहमन्त्रीले गरे यस्तो निर्णय

                     काठमाडौं, भदौ ३० । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहाली गरेसँगै जेन–जी आन्दोलनमा शहीद भएका व्यक्तिहरूको सम्झनामा राष्ट्रिय शोक मनाउने निर्णय गरेका छन् भने शोकमा  राष्ट्रिय झण्डा आधा झुकाइने बताएका छन् । शोक दिवस मनाउने दिन भने मन्त्रीपरिषद्ले अन्तिम निर्णय गर्ने जानकारी दिएका छन् ।

त्यसैगरी, आन्दोलनमा निधन भएका व्यक्तिहरूको परिवारलाई काजकिरीया खर्चवापत एक–एक लाख रुपैयाँ दिने, शव व्यवस्थापनका लागि सरकारले निःशुल्क सवारीसाधन उपलब्ध गराउनेछ र विकट क्षेत्रहरूमा हेलिकोप्टरमार्फत् शव पुर्‍याउने व्यवस्था पनि गरिने उनले बतएका  छन् ।

मन्त्री अर्याललाई मन्त्रालयमा गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, निमित्त राष्ट्रिय अनुसन्धान निर्देशकलगायतले स्वागत गरेका थिए  ।

 

 

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update