Kath Khabar
डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन दिने कुलमानको पहिलो निर्णय

                   काठमाडौं, भदौ ३० । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् ।  

सोमबार दिउँसो सिंहदरबारस्थित कार्यालयमा औपचारिक रूपमा पदभार ग्रहण गर्दै मन्त्री घिसिङले तत्काल डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको जानकारी दिएका छन् । घिसिङले सरकारको प्रमुख दायित्व तोकिएको समयमा चुनाव गराउने र जेनजी आन्दोलनको क्रममा आगजनी गरिएका संरचनाको पुनर्निमाण गर्ने रहेको बताएका छन्।

यस्तै, घिसिङले तलबभत्ता, सुरक्षालगायत सुविधा नलिने बताएका छन् । सोमबार पदभारग्रहणपछि मन्त्री घिसिङले यस्तो बताएका हुन् । उनले आफूले प्राप्त गर्ने तलबभत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने बताए । घिसिङले भ्रष्टाचार पुर्णरुपमा निर्मुल गर्नुपर्ने बताउदै जीवनमरणको विषयको रुपमा लिएको बताउदै कुनै पनि निकाय र व्यक्तिले भ्रष्टाचार गरेको भेटिएमा कडा भन्दा कडा कारवाही गरिने बताए ।

 

 

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update