काठमाडौं, असोज ३ । आज संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरे ।
समारोहमा पूर्वराष्ट्रपतिहरू, पूर्वप्रधानमन्त्रीहरू, राजनीतिक दलका नेता, विभिन्न देशका राजदूत तथा कूटनीतिकज्ञहरू, नागरिक अगुवालगायत उपस्थित थिए । कार्यक्रममा जेनजी आन्दोलनपछि चर्चामा रहेका सुदन गुरूङ पनि पुगे । आज शितलनिवासमा उनी कालो चस्मा, कोर्ट, सर्ट र पाइन्टसहित फरक शैलीमा देखिए । त्यहा पुगेर आज पनि उनले प्रधानमन्त्री सुशीला कार्कीलाई फेरि ढोग गरेका छन् ।
प्रधानमन्त्री कार्कीसँग छोटो कुराकानी गरेका उनले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासँग आज ४ मिनेट कुराकानी गरेका थिए । थापासँग उनले जेनजी आन्दोलनपछि प्राप्त उपलब्धी रक्षाका लागि सहयोग गर्न आफूले आग्रह गरेको बताए।