Kath Khabar
प्राधिकरणको कार्यकारी निर्देशकबाट शाक्यलाई हटायो सरकारले, मनोज सिलवाल नियुक्त

                    काठमाडौं, असोज ५ ।  सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गर्दै उपप्रमुख मनोज सिलवाललाई नियुक्त गरेको छ। घिसिङले आइतबार बिहान शाक्यसँग एक्लाएक्लै कुराकानी गरेका थिए।

यसअघि, उद्योगीहरूले तिर्न बाँकी रकमको विषयमा घिसिङ र तत्कालीन ऊर्जामन्त्री दीपक खड्काबीच विवाद भएपछि केपी ओली नेतृत्वको सरकारले कुलमान घिसिङलाई प्राधिकरणको सर्वोच्च पदबाट हटाएको थियो। त्यसपछि सरकारले घिसिङको पदमा शाक्यलाई पुन: नियुक्त गरेको थियो।

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  २१:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update