Kath Khabar
सीआईबी प्रमुख बने डा.मनोज केसी

                  काठमाडौं, असोज ६ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसी नियुक्त भएका छन्।

आइतबार बसेको मन्त्रिपरिषद्ले एआईजी केसीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा डा. आरजु राणविरुद्ध अनुसन्धान अगाडि बढाउँदा त्यहाँबाट हटाइएका एआईजी डा. मनोजकुमार केसी फेरी सिआईबी प्रमुखका रुपमा सरुवा भएका हुन्।  उनले ललिता निवास जग्गा प्रकरणको अनुसन्धानसमेत गरेका थिए।

 

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update