Kath Khabar
नवनियुक्त चार मन्त्रीहरूले लिए शपथग्रहण

                        काठमाडौं, असोज ६  । अन्तरिम प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी भएका नवनियुक्त चार मन्त्रीहरूले शपथग्रहण गरेका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित  समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् ।

नवनियुक्त  मन्त्रीहरू पत्रकार जगदीश खरेल, वैज्ञानिक महावीर पुन, सर्वोच्च अदालतका पूर्व न्यायाधीश अनिल कुमार सिन्हा र समता फाउन्डेसनका अध्यक्ष डा. मदन परियार रहेका छन् ।

खरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्री, पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिन्हालाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र डा. परियारलाई कृषि तथा पशुधन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update