हर्क साङपाङको ‘श्रम संस्कृति पार्टी’ ले पायाे मान्यता
काठमाडौं, कात्तिक १६ । धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङको ‘श्रम संस्कृति पार्टी’ले मान्यता पाएको छ । निर्वाचन आयोगले आइतबार धरान उपमहानगरपालिकाका मेयर साम्पाङको श्रम संस्कृति पार्टीलाई औपचारिक मान्यता दिएको हो ।
मेयर साम्पाङ आज निर्वाचन आयोगमा पुगेर पार्टी दर्ताको मान्यताको प्रमाणपत्र लिएका हुन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका क्रममा नयाँ दलहरू दर्ता प्रक्रियामा रहेको बेला साम्पाङको पार्टीले पनि वैधानिकता पाएको हो । यससँगै अब श्रम संस्कृति पार्टीले राष्ट्रिय राजनीतिमा औपचारिक उपस्थिति जनाउने बाटो खुलेको छ ।
पार्टीको औपचारिक स्वीकृति प्राप्त गर्न साम्पाङ व्यक्तिगत रूपमा निर्वाचन आयोगको भ्रमणमा गएका थिए ।
प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२ १७:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय

