हितेन्द्र देव शाक्यको सर्वोच्च अदालतमा दायर गरिएको रिटमा आज सुनुवाइ हुँदै
                        
                        
                                                
                                            
                                                                    काठमाडौं, कात्तिक १८ । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यको सर्वोच्च अदालतमा दायर गरिएको रिटमा आज सुनुवाइ हुँदैछ । शाक्यको रिट न्यायाधीश नृपध्वज निरौलाको इजलासमा सुनुवाइ हुँदैछ ।
शाक्यले सोमबार आफूलाई प्राधिकरणकै कार्यकारी निर्देशकमा फर्काउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । आफूलाई चार वर्षका लागि नियुक्त गरेको र कार्यकाल बाँकी रहँदै हटाइएको भन्दै शाक्यले सरकारको निर्णय बदर गरी प्राधिकरणमै निरन्तरता दिन माग गरेका छन् ।
रिट दर्तामा सर्वोच्च अदालतले आज (मंगलबार) लाई पेशी तोकेको हो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  १२:१५
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
