Kath Khabar
हितेन्द्र देव शाक्यको रिटमा कारण देखाउ आदेश

                                   काठमाडौं, कात्तिक १८ । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश नृपध्वज निरौलाको इजलासले सोमबार आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका उपस्थित हुन आदेश दिएकाे हो । 

शाक्यले सरकारले आफूलाई गैरकानुनी रूपमा पदबाट हटाएको दाबी गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए । उनले सरकारको निर्णय बदर गरी प्राधिकरणमै निरन्तरता दिन माग गरेका छन् ।  

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update