
काठमाडौँ, साउन ३२ । विद्युत् प्राधिकणको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय खारेजीको माग गर्दै यसअघिका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट दर्ता गर्नु भएको छ।
शाक्यले सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गराउनु भएको हो । आफू बिदामा बसेको बेला कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई संविधान र कानुन विपरीत नियुक्त गरेकाले त्यससम्बन्धी सबै काम बदरको माग गर्दै उहाँले रिट निवेदन दर्ता गराउनु भएको हो ।
शाक्यलाई सरकारले गत साउन २७ गते जल तथा ऊर्जा आयोगमा ऊर्जा विशेषज्ञका रुपमा नियुक्त गरी घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।
शाक्यले रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जा मन्त्रालय, ऊर्जा मन्त्री, प्राधिकरण र घिसिङलाई विपक्षी बनाउनु भएको छ।