
काठमाडौं, भदौ २ । निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी पार्टी दर्ता भएको छ । माधव नेपालको पार्टीले चुनाव चिन्ह खुला किताब पाएको छ। माधवकुमार नेपालको अध्यक्षतामा बुधबार नयाँ पार्टी दर्ता भएको हो। राजेन्द्र पाडे, मेटमणि चौधरी लगायतका नेता निर्वाचन आयोगमा पुगेर दल दर्ताको लागि निवेदन दिनु भएको हो ।
नेता राजेन्द्र पाण्डेका अनुसार नयाँ पार्टीमा प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी ३१ जना सांसद रहेनु भएको छ । दलको अध्यक्षमा माधवकुमार नेपाल, वरिष्ठ नेतामा झलनाथ खनाल र ९५ जना केन्द्रीय कमिटी सदस्य हुनुहुन्छ ।
नयाँ पार्टीमा नेकपा एमालेबाट ५८ जना केन्द्रीय सदस्य आएको बताइएको छ । चुनाव चिन्ह भने छलफल पछि राख्ने तयारी गरिएको छ । हाल भने किताब र कलम चिन्ह प्रस्ताव गरिएको छ । एमाले उपाध्यक्ष वामदेव गौतम भने नयाँ पार्टीको केन्द्रीय समितिमा हुनुहुन्न ।