Kath Khabar
एकैपटक राप्रपाका तीन नेता नेकपा एमालेमा प्रवेश

काठमाडौ, बैशाख ९ । राप्रपाका नेताहरु नेकपा एमालेमा प्रवेश गरेकाछन् । लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य रहेका लुम्बिनी प्रदेशका तीन जना प्रभावशाली नेताहरु बुधबार नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

यसरी नेकपा एमाले प्रवेश गर्नेहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं रुपन्देहीका नेता राजेन्द्र पाण्डे, अर्घाखाँचीका नेता एवं केन्द्रीय सदस्य नारायण आचार्य तथा रुपन्देही कै अर्का नेता एवं केन्द्रीय सदस्य नवीन पौडेल हुनुहुन्छ ।

तीनजना नेताहरुलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तथा पार्टी नेता एवं खानेपानी मन्त्री मणिराज थापाले पार्टीमा स्वागत गर्नुभएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले तीन जना नेताहरुले नेकपा एमालेको सांगठनिक जीवनमा उल्लेख्य भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update