Kath Khabar
प्रधानमन्त्री ओलीद्धारा पार्टीको केन्द्रीय कार्यालय भवन शिलान्यास

काठमाडौ, बैशाख ९ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती महशुस गरेर पार्टीको मर्म अनुसार अघि बढन चाहने हरेक नेता कार्यकर्तालाई जिम्मेवारीको अवसर दिने बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीको ७३ औं स्थापना दिवस तथा लेनिन जयन्तीको अवसर पारेर बिहीबार बल्खुमा आयोजित केन्द्रीय कार्यालय भवन शिलान्यास पछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी विरुद्ध उपद्रो गरेर हिँडदा पनि कारबाही नगरेर सम्झाउने प्रयास गरिएको बताउनुभयो ।

‘गल्ती महसुस गरेर अनुशासन भएर काम गर्ने हो भने पार्टीमा काम गर्ने अवसर दिन चाहिरहेका छौं । तर यसलाई कसैले कमजोरी नठानियोस्,’ उहाँले बताउनुभयो । कसैले गुटको प्रतिनिधित्व गर्दै कुरा गर्न खोजे त्यो सम्भव नहुने भनाई पनि प्रधानमन्त्रीको थियो । प्रधानमन्त्री ओलीले मौका पाउनासाथ प्रचण्ड–माधव पक्षले कम्युनिस्ट आन्दोलन सिध्याउन आफूलाई साधारण सदस्य बाटै निकालेको उल्लेख गर्नुभयो । टाउको मै हान्न सके जीउ जति बलियो भए पनि काम लाग्दैन त्यसैले मलाई कारबाही गरियो, उहाँले भन्नुभयो  ।

अब उप्रान्त पार्टीमा भागबण्डा नहुने उहाँले बताउनुभयो । विसं २०५१ मा बनेको एमाले कार्यालय २०७२ सालको भूकम्पले भत्किएको थियो । अब बन्ने कार्यालय  भूकम्प प्रतिरोधि हुने यो नेपालका राजनीतिक पार्टीका केन्दीय कार्यालय मध्ये सबै भन्दा अत्याधुनिक हुने जानकारी पनि कार्यक्रममा दिइयो ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update