Kath Khabar
कुलमानको नियुक्तिसम्बन्धी मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं, भदौं ८ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च सक्कल मिसिल झिकाउन आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले सक्कल फाइल झिकाउन आदेश दिनु भएको हो ।  

सरकारले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई ऊर्जा आयोगमा लैजाने गरी घिसिङलाई दोस्रो कार्यकालका लागि प्राधिकरणको कार्यकारी निर्देशक बनाएको थियो । घिसिङलाई पुनः नियुक्ति दिए सँगै शाक्य सर्वोच्च जानु भएको थियो । घिसिङको नियुक्ति बदर गर्दै प्राधिकरणमा आफैँलाई पुनर्वहाली गर्न भन्दै शाक्यले रिट दायर गर्नु भएको थियो ।

 

प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update