Kath Khabar
नेकपा (एकीकृत समाजवादी) दर्ता गर्न ५५ केन्द्रीय सदस्यले गर्नुभयो सनाखत

काठमाडौं, भदौ ९ । नेकपा (एकीकृत समाजवादी) ले दल दर्ताका लागि र सांसद र केन्द्रीय सदस्यको हस्ताक्षर सनाखत गराएको छ । बुधबार माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले दल दर्ताको लागि बुधबार सांसद र केन्द्रीय सदस्यको हस्ताक्षर सनाखत गराएको हो ।

नेकपा एमालेबाट फुटेर नेपाल लगायतका नेताहरुले अलग दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निवेदन दिएका थिए । सो निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले बुधबार सनाखतका लागि समय तोकेको थियो । सोही क्रममा नेकपा एकीकृत समाजवादीका २९ सांसद र ५५ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गर्नुभएको हो ।

निर्वाचन आयोग पुगेर हस्ताक्षर गर्नेमा स्वयं नेपाल, मुकुन्द न्यौपाने, प्रदिप नेपाल, प्रकाश ज्वाला, सावित्रा भुसाल, सरला कुमारी यादव लगायतका सदस्य रहनु भएको छ ।

 

प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update