Kath Khabar
एमालेबाट एकीकृत समाजवादीमा गएका नेतालाई निष्कासन गरिने 

काठमाडौं, भदौ १० । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले माधवकुमार नेपाल नेतृत्वमा नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा गएका नेताहरुलाई निष्कासन गर्ने निर्णय गरेको छ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानमा बिहीबार दिउँसो बसेको केन्द्रीय कमिटी बैठकले एसपामा गएका नेताहरुलाई निष्कासन गर्ने निर्णय लिएको प्रवक्ता प्रदीप ज्ञवालीले बताउनु भयो । 

'नयाँ पार्टी खोल्ने निर्णयसहित नेकपा छाडेर जानु भएका नेताहरुलाई एमालेबाट निष्कासन गर्ने निर्णय गरेका छौं’, ज्ञवालीले भन्नु भयो,‘एकीकृत समाजवादीमा गएका नेताको नाम पार्टीको अभिलेखबाट हटाएर निर्वाचन आयोगलाई दिने निर्णय समेत गरिएको छ।’

यस्तै बैठकले माधव नेपाल नेतृत्वको पार्टीमा गएका नेता–कार्यकर्तालाई एमालेमै फर्किन आग्रह समेत गरेको छ। एमालेले आगामी मंसिरमा राष्ट्रिय महाधिवेशन गर्ने सम्बन्धी विभिन्न निर्णय पनि गरेको छ । बैठकले आगामी मंसिर १०-१२ मा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो । 

बैठकले मंसिर १०, ११ र १२ गते काठमाडौंमा राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ भने आगामी असोज ४, ५ र ६ गते विधान महाधिवेशन गर्ने भएको छ।

प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update