काठमाडौं, भदौ ११ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले कांग्रेस नेतृत्वको गठबन्धन सरकारमा सहभागी हुनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा नभएको बताउनु भएको छ। बबरमहलस्थित पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै ठाकुरले प्रधानमन्त्री देउवाले बोलाउनु भएको खण्डमा विचार गर्न सकिने बताउनुभएको छ।
‘प्रधानमन्त्रीसँग सामूहिक र अलग अलग भेट्ववार्ता भएको छ’, उहाँले भन्नुभयोे, ‘तर कुनै पनि भेटमा सरकारमा जाने विषयमा कुरा भएको छैन। शेरबहादुरजीले सहभागीतलाई लिएर सोध्नु भएमा हाम्रो कुरा राख्ने र्छौं।’
भर्खरै पार्टी दर्ता भएकाले सरकारमा जाने कुरामा हतार नगर्ने बताँउदै उहाँले भन्नुभयो प्रधानमन्त्रीले बोलाउनु भएको खण्डमा हामी हामी आफ्नो कुरा राख्छौं ।
अध्यक्ष ठाकुरले सत्तारुढ गठबन्धनसँग चुनावी तालमेल गर्ने वा नगर्ने विषयमा पनि पार्टीले धारणा तय गरिनसकेको बताउनुभयोे । हामी सत्तारुढ गठबन्धनमा छैनौं । चुनाव घोषणा भएपछि त्यस विषयमा पनि विचार गरौंला उहाँले भन्नुभयो ।

