Kath Khabar
सुदूरपश्चिममा एमाले १३ सांसद माधव नेपाल पक्षमा

काठमाडौं, भदौ १५ । सुदूरपश्चिम प्रदेशका सांसदहरुले माधवकुमार नेपाल नेतृत्वको नेकपा ( समाजवादी) पार्टी रोज्नु भएको छ। सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका १३ जना सांसद नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्नु भएको हो ।

सोसँगै एमालेबाट निर्वाचित १३ जना सुदूरपश्चिमका प्रदेशसभा सदस्य नेकपा समाजवादीको  पक्षमा सनाखत गर्न प्रदेश निर्वाचन कार्यालय धनगढी पुग्नु भएको थियो ।

यसरी नेपाल पक्षमा लाग्नेमा सुदूरपश्चिममा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का रहनु भएको छ ।

त्यस्तै पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, अर्चना गहतराज र मनाकुमारी साउद पनि नेकपा एसतिर सनाखत गर्न निर्वाचन आयोगको कार्यालय जानु भएको छ ।

यस्तै प्रदेशसभामा एमालेका प्रमुख सचेतक दुर्गा कुमारी कामी, प्रदेशसभा सदस्य तारालामा तामाङ, कुलवीर चौधरी, अमरबहादुर साउद, बलबहादुर सोडारी र सुशीला बुढाथोकीले नेपाल पक्षमा लाग्ने निश्चित भएको छ ।

निर्वाचन आयोगले एमाले विभाजनपछि दल रोज्न दिएको भदौ २२ सम्मको म्यादअघि नै सुदूरपश्चिममा दल रोज्न दिइएको हो । प्रदेश सभामा एमालेका सभामुखबाहेक २४ सांसद हुनुहुन्छ । विगतमा त्यहाँ १७ जना नेपाल र सात जना केपी शर्मा ओली पक्ष रहुनु भएको थियो ।

 

प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update