
काठमाडौँ, भदौ १७ । प्रधानमन्त्री शेरबहादुर नेतृत्वको सरकारले मन्त्रिमण्डल विस्तारमा ढिलाई गर्ने हुने भएको छ । पाँच दलीय गठबन्धनको सरकारमा नेकपा एमाले (एकीकृत समाजवादी) तत्काल सहभागी नहुने भएसँगै मन्त्रिमण्डल विस्तारमा ढिलाई हुने भएको हो ।
सत्तारुढ गठबन्धनको सदस्य नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मन्त्रिमण्डल विस्तारको लागि भदौ २३ सम्म कुरा नउठाउने बताउनु भएसँगै मन्त्रिमण्डल विस्तार हुन नसक्ने देखिएको हो । अध्यक्ष नेपालले २३ भदौसम्म कसैले पनि मन्त्रिपरिषद् विस्तारबारे चुइँक्कसमेत नगर्ने बताउनुभयो । सत्तारुढ गठबन्धन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्नु हुर्दै नेपालले मन्त्रिपरिषद् विस्तार तत्काल नहुने संकेत गर्नुभएको हो ।
बिहीबार प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता भएको छ । गठबन्धन भने मन्त्रिमण्डल विस्तारको तयारीमा रहेको छ । यता मन्त्रिपरिषद् विस्तारका लागि गठबन्धन भित्र मन्त्रालय भागबण्डामा सहमत हनु नसकेको कुरा बाहिरिएको पाईन्छ ।
असार २९ मा प्रधानमन्त्रीमा नियुक्त हुनु भएर साउन ३ मा विश्वासको मत लिनु भएका प्रधानमन्त्री देउवाले ६ सदस्यीय मन्त्रिमण्डल विस्तार गरी कामकारबाही अघि बढाउनु भएको छ। असार २९ मा नियुक्त चारजना मन्त्री र साउन १० मा नियुक्त एकजना राज्यमन्त्रीबाटै हाल मुलुक चलिरहेको छ । गठबन्धन बीच सहमति जुट्न नसक्दा मन्त्रिमण्डल विस्तारमा अन्यौलता छाएको हो ।