Kath Khabar
एमालेका ११ सांसदले गर्नुभयो एकीकृत समाजवादीमा सनाखत

काठमाडौँ, भदौ १७। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ११ जना नवगठित सांसदले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गर्नुभएको छ । प्रदेश २ का एमालेका ११ जना नवगठित सांसदले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गर्नुभएको हो ।

बिहीबार दिउँसो जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर १० जना प्रदेश सांसदले एकीकृत समाजवादी पार्टीमा सनाखत गर्नु भएको हो । सनाखत गर्नेहरूमा सत्रुघ्न महतो, मञ्जु यादव, चन्द्र सेन प्रसाद श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रविन्द्र बैठा, हसिमा खातुन, अशोक यादव र प्रमोद यादव हुनुहुन्छ ।

यस्तै सांसद डिल्ली उप्रेतीले भने दिल्लीबाट पत्रमार्फत् सनाखत गर्नुभएको हो। उहाँ क्यान्सर पीडित सांसद उप्रेती दिल्लीमा उचाररत हुनुहुन्छ । माधव पक्षका अन्य सांसद सुन्दर बहादुर विश्वकर्मा र सीता गुरुङ काठमाडौंमा रहेकाले केहि दिनभित्र प्रदेशमा आई सनाखत गर्नुहुनेछ । प्रदेश २ मा नेकपा एमालेका २१ सांसद हुनुहुन्छ । अब एमालेमा १० जना सांसद रहनु भएको छ ।

 

प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update