Kath Khabar
परिवार दल अध्यक्ष ढकाल दिल्ली प्रस्थान

काठमाडौं, भदौ १८ । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकाल शुक्रबार एयर इन्डिया विमान मार्फत दिल्ली भ्रमणको लागि प्रस्थान गर्नुुभएको छ ।

भारतीय सांसदहरुको निमन्त्रणामा छिमेकी मित्र राष्ट्र भारतको भ्रमणमा चार दिन रहदा अध्यक्ष ढकालले इंडिया इन्टरनेश्नल सेन्टरमा आयोजित क्षेत्रीय शान्ति तथा सुरक्षा सम्बन्धि कार्यक्रममा सहभागिता जनाउने भ्रमणमा सहभागि परिवार दलका प्रवत्ता सन्तोष पौडेलले जानकारी दिनुभयो ।

भ्रमणको क्रममा दुई देशको मित्रता अभिवृद्धि गर्न भारतीय नेताहरुसंग छलफल हुनेछ । ढकाल यही भाद्र २२ गते स्वदेस फर्कने ढकालको सचिवालयले जनाएको छ । दलको केन्द्रीय कार्यसमितिको बैठकले तेश्रो राष्ट्रिय महाधिवेशन यहि कार्तिक २८-२९ गते काठमाडौंमा सम्पन्न गर्ने निर्णय गरेसँगै ढकालले गरेका भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update