Kath Khabar
नेकपा एमाले पार्टी रोज्नेको जनलहर, बाराको जीतपुरमा एकैदिन १६५ जनाले रोजे एमाले

बारा, भदौ १९ । बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा विभिन्न पार्टी परित्याग गरी १ सय ६५ जना नेकपा एमालेमा पार्टी प्रवेश गरेका छन् । जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमाम राष्ट्रिय युवा संघ नेपालका इन्चार्च एवम नेकपा एमालेका केंद्रीय सदस्य महेश बस्नेतले नेपाली कांग्रेस र जसपा पार्टी छाटेर आउनेलाई अबिर र मधेशको पहिचान गम्छा लगाएर नेकपा एमालेमा पार्टी प्रवेश गराउनुभएको हो ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्रि बस्नेतले वर्तमान सरकार कुपोषण लागेको सरकार भएको बताउदै यस सरकारबाट जनताले कुनै आशा गर्न नहुने बताउनुभएको छ ।

माधव नेपाल, प्रचण्ड र शेरबहादुर देउवाको साँठगाँठलाई मापसे सरकारको संज्ञा दिदै बर्तमानको सरकारले जनताको मनोभावनाको प्रतिनिधीत्व गर्न नसक्ने उहाँको भनाई छ । उहाँले यस जीतपुर जस्तै देशैभरी नेकपा एमाले नै सहि हो भन्दै पार्टी प्रवेश गर्ने लहर चलेकोले पर्मादेशबाट हटाइएको नेकपा एमालेको सरकार जनादेशबाट पुन: नेतृत्वमा आउने उद्घोष गर्नुभयो ।

नेकपा एमाले जीतपुरका पुराना एवम अग्रज नेता मोजाहिर अंसारीको सभा अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य अच्युत मैनाली, प्रदेश नम्बर २ का अध्यक्ष ज्वाला साह, नेकपा एमालेका केन्द्रिय सदस्य एवम् बारा अध्यक्ष बलबिर चौधरी, प्रेदश नम्बर २ का प्रदेश सभा सदस्य त्रिलोकी चौधरी, जीतपुर सिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख सरस्वतीदेबि चौधरी लगाएको सयौँ नेता कार्यकताको उपस्थिती रहेको थियो ।

 

प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update