
काठमाडौँ, भदौ १९ । आउने बुधबार संघीय संसदको बैठक बस्ने भएको छ। शनिबार बसेको मन्त्रिपरिषद् बैठकले बुधबार अपरान्ह चार बजे संघीय संसदको बैठक बोलाउने सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भयो ।
संघीय संसद्को अधिवेशनबारे बिहान प्रधानमन्त्रीसहित सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गर्नु भएको थियो।
प्रधानमन्त्री तथा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संसद अधिवेशन बोलाउने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख सापकोटासँग छलफल गर्नुभएको थियो।
देउवा र प्रचण्डले एमसीसी भुक्याएर पास गर्न लाग्नु भयोः केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता झुक्याएर पास गर्न खोजेको बताउनु भएको छ।
शनिबार नेकपा एमालेको काठमाडौं महानगरपालिकास्तरीय कार्यक्रममा सम्बोधन गर्दै उहाँले एमसीसी सम्झौताबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको धारणा समेत माग गर्नु भएको छ।
‘नेपाली कांग्रेसी र माओवादी भएको बेला एमसीसी ल्याए। अहलिे झुक्याएर पास गर्न खोजिदैछ’, उहाँले भन्नुभयो,‘ अहिले एमसीसी बारे बोल्नु हुदैन। जनताको अगाडि ल्याएको एमसीसीको बारेमो अहिले के गर्नु जानकारी गराउनु पदैन। देउवाजी , प्रचण्डजीले एमसीसी बारे बोल्नुपदैन। हिजो हस्ताक्षर गर्नुभएको थियो । के गर्ने एमसीसी चुपचाप हुनुहुन्छ।’
अध्यक्ष ओलीले चीनसँग सीमा विवाद नभएको बताउनु भएको छ। कुन पक्षलाई खुशी पार्नको लागि चीनसँगको सीमा विवाद समाधान गर्न समिति बनाउनु परेको । कहाँ छ सीमा विवाद, उहाँले भन्नु भयो।
यस्तै एमसीसी झुक्याएर पास गर्न खोजिएको भन्दै ओलीले यसबारे गठबन्धनका नेताले केही नभनेको भन्दै वामदेव गौतमप्रति आक्रोश पोख्नु भयो । अध्यक्ष अोलीले नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई आफूले पूजा गरेको मन्दिरमा अहिले थुकेको टिप्पणी गर्नुभयो ।
‘अस्तिसम्म जुन खाटमा बसेका थिए अहिले त्यो भाँचेको भाँच्यै छ, जुन पिर्कामा बसेको छ त्यो भाँचेको छ । हिजो जुन मन्दिर बनायो त्यसमा थुकेको थुक्यै छ । माधव नेपाल जस्तो शरम पचेको मान्छे मैले अहिलेसम्म कतै देखेको छैन, अध्यक्ष ओलीले भन्नु भयो। ’
उहाँले विकासका लहर ल्याएको वामपन्थी सरकार ढालेर प्रतिक्रान्ति गर्ने र नेपाली काँग्रेसको एस पार्टी बनेको भनि नेपाललाई आरोप समेत लगाउनु भयो । उहाँले हिजो पार्टी फुटाउनुअघि गठबन्धनले माधव नेपाललाई लिएर पाँच पार्टीको गठबन्धन भनेको भन्दै माधव नेपाल मात्रै पार्टी रहेको बताउनु भयो ।