Kath Khabar
राष्ट्रपतिद्वारा भदौ २३ गतेका लागि सङ्घीय संसद्को बैठक आह्वान

काठमाडौँ, भदौ १९। राष्ट्रपति विद्यादेवी भण्डारीले यही भदौ २३ गतेका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषद्को आजको बैठकको सिफारिशका आधारमा राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका अनुसार सङ्घीय संसद्को दुवै सदन यही भदौ २३ गते बुधबार ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बोलाइएको छ ।

(रासस)

 

प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८  २१:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update