Kath Khabar
एमाले सांसदद्धारा प्रतिनिधिसभा बैठक अवरुद्ध

काठमाडौं, भदौ २३ । प्रमुख विपक्षी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसदहरुले बुधबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गर्नुभएको छ । सभामुख अग्निप्रसाद सापकोटा माथि प्रश्न उठाउँदैल एमाले सांसदहरुले बुधबार प्रतिनिधिसभा बैठक अवरुद्ध गर्नुभएको हो।

आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई समयमै पदमुक्त नगरेर दल विभाजनमा सहयोगी भूमिका खेलेको सभामुखमाथि आरोप लगाउनु भएको छ ।

सभामुख सँग बोल्नका लागि सचेतक विशाल भट्टराईले समय माग गर्नु भएको थियो। उहाँले बैठकमा बोल्ने क्रममा ‘तपाईंले नेकपा एमालेले कारबाही गरेका सांसदहरुलाई बचाउन र नेकपा एमाले टुक्र्याउन किन सारथिको भूमिका निभाउनु भयो ?’ भनि प्रश्न गर्नुभएको थियो।

सभामुख सापकोटाले पनि आफूले जवाफ दिने बताउनु हुँदै आफूले प्रचलित कानुनका आधारमा निर्णय लिएको भन्दै, ‘हाल यो विषय सम्मानित विचाराधीन छ । साथै संविधानले अदालतमा विचाराधीन मुद्दामा दुबै सदनमा छलफल गर्न बन्देज गरेको जानकारी गराउउनु भएको थियो ।’

उहाँ बोलि रहदाँ एमाले सांसदहरुले वेल घेराउ गर्नु भएको हो । वेल घेराउ गर्दै एमाले सांसदहरुले सभामुखको व्यवहार मुर्दावाद, सभामुखको आसनमा बसेर पार्टी फुटाउने षड्यन्त्र गर्न पाइँदैन’ जस्ता नारा लगाउनु भएको थियो। एमाले सांसदहरुको नाराबाजीपछि संसद बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  १९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update