Kath Khabar
एमसीसी उपाध्यक्ष फातिमा सुमार र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ, भदौ २४ । एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ । प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न उहाँहरु भक्तपुर बालकोटस्थित निवासमा पुगेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

एमसीसी टोलीले ओलीसँगको भेटपछि याक एण्ड यति होटलमा रहेको एमसीसी नेपालको कार्यालयमा पुग्ने कार्यक्रम रहेको छ ।

बिहीबार बिहान साढे ९ बजे काठमाडौं आइपुग्नु भएको उपाध्यक्ष सुमारको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारूढ गठबन्धन दलका नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र सांसदहरूसँग भेट्नु हुनेछ ।

सोहि क्रममा शुक्रबार ४ बजे प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने बताइएको छ । यस्तै उपाध्यक्ष सुमारको टोलीले शुक्रबार नै अध्यक्ष दाहाल, अध्यक्ष नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईलगायतका नेताहरुसँग भेटवार्ता गर्नु हुनेछ ।

काठमाडौं आउनुअघि बुधबार उपाध्यक्ष सुमारले एमसीसीबारे नेपाली जनस्तरमा उठेको प्रश्नसहित सरकारले पठाएको पत्रको अमेरिकी दूतावासमार्फत जवाफ पठाउनु भएको थियो ।

नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक-आर्थिक विकासका लागि चार वर्षअघि अमेरिकाको सरकारी निकाय एमसीसीबीच सम्झौता भएपछि हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

सम्झौताअनुसार सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट नेपाललाई ५० अर्ब सहयोग प्राप्त हुनेछ ।

 

प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update