Kath Khabar
सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौं,भदौ २५ । सत्ता गठबन्धनमा आवद्ध पाँच दलको बैठक शुक्रबार पनि बस्दैछ । मन्त्रिपरिषद विस्तार र अमेरिकी सहयोग एमसीसी लगायतका विषयमा छलफल गर्न सत्तापक्षीय ५ दलीय गठबन्धनको बैठक बालुवाटारमा बोलाइएको  प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ । बैठक बिहान ९ बजे बस्दै छ । बिहीबार पनि गठबन्धनका शीर्ष नेताबीच उक्त छलफल भएको थियो ।

५ दलीय सत्ता गठबन्धन बीच मन्त्रिपरिषद् विस्तार, एमसीसी र संसदलाई कसरी सशक्त बनाउने भन्नेबारे सत्ता छलफल भइरहेको छ । संसदबाट एमसीसी अनुमोदन गर्ने विषयमा सत्तारुढ दल नै विभाजित भएको अवस्था छ । नेपाली काँग्रेस र जसपा एमसीसी पास गर्ने पक्षमा छन् भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी विपक्षी देखिनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेले भने एमसीसी बारेमा सरकारको धारणा माग गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र एमसीसी उपाध्यक्ष फातिमा सुमार बीच बिहीबार भएको बैठकमा एमालेले एमसीसीलाई लिएर सरकारको धारणा माग गरेको हो।

 

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update