
काठमाडौं, भदौ २५ । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारको टोलीले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल सँग भेटवार्ता गुर्न भएको छ । शुक्रबार बिहान सुमारको टोलीले खुमलटार पुगेर दाहालसँग भेटवार्ता गुर्नभएको हो । दाहालसँग भेटेर उहाँले एमसीसी पारित हुन वातावरण बनाउन आग्रह गर्नुका साथै प्रचण्डलाई एमसीसीबारे विश्वस्त गराउन भएको छ। जवाफमा दाहालले एमसीसीमा राष्ट्रिय सहमति वा कम्तीमा सत्तारूढ दलहरूबीच एकमत हुनुपर्ने बताउनु भएको छ।
करिब एक घण्टा भएको भेटवार्तामा भेटवार्तामा प्रचण्डको सचिवालयका प्रतिनिधि समेत सहभागी हुुनुहुन्थ्यो । बिहीबार उपाध्यक्ष सुमारले एमाले अध्यक्ष केपी ओली र
नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गर्नु भएको थियो।
शुक्रबार नै उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नु हुनेछ ।