Kath Khabar
उज्यालो नेटवर्कको कार्यालयमा प्रहरीद्धारा मोबाइल र क्यामरा खोसियो

काठमाडौ, बैशाख १२ । नेपाल प्रहरीले उज्यालो नेटवर्कको कार्यालयमा प्रहरीले बल प्रयोग गरेको छ । क्यामरा र मोबाइल समेत खोसेको छ । डेक्समा काम गरिरहेका उज्यालो नेटवर्कका सम्पादक विवेक लोप्चनको मोबाइल खोसेको छ । डिएसपी बि सुवेदिको टोलिले उक्त कार्य गरेको हो ।

उज्यालो नेटवर्कले केही समय अगाडि भारतीय रअ प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भएको ४ बुँदे सहमती बारे समाचार प्रकाशन गरेको थियो । प्रेस काउन्सिल नेपालले मागेको २४ घण्टे स्पष्टीकरणमा उज्यालो नेटवर्कले असावधानीबस समाचार प्रकाशन भएको भनी क्षमा मागिसकेको छ । उच्च अदालतले सरकारलाई पत्रकारलाई समाचार लेखेकै भरमा पक्राउ नगर्नु भन्ने आदेश दिइसकेको छ ।

 

प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update