Kath Khabar
कोभिड १९ का कारण रोजगारी गुमाएकाहरुलाई प्रति परिवार १० हजार रुपैयाँ अनुदान 

काठमाडौं, भदौ २५ । सरकरले कोभिड १९ का कारण रोजगारी गुमाएकाहरुलाई प्रति परिवार १० हजार रुपैयाँ अनुदान दिने भएको छ । सरकारले कोरोना महामारीका कारण रोजगारी तथा आजआर्जन गुमाएका गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरीब तथा विपन्न परिवारलाई प्रति परिवार १० हजार नगद अनुदान दिने घोषणा गरेको हो ।

बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले यस्तो घोषणा गर्नुभएको हो । यस अन्र्तगत कोभिड–१९ का कारण रोजगारी र आयआर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरिब तथा विपन्न करीब पाँच लाख परिवारलाई एक पटकका लागि प्रति परिवार रु १० हजार निश्चित मापदण्डका आधारमा नगद अनुदान प्रदान गरिने बजेटमा उल्लेख छ ।    

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update