
काठमाडौं, भदौ २५ । सरकारले चालु आर्थिक बर्षको लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको संशोधित बजेट घोषणा गरेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गर्दे उक्त परिमाणको संशोधित बजेट प्रस्तुत गरेको हो ।
तत्कालीन प्रधानमन्त्री केपी नेतृत्वको सरकारले अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै गठबन्धन सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको हो । संशोधित बजेटमा अर्थमन्त्री जनार्धन शर्मा प्रभाकरले चालु आर्थिक बर्षको बजेटमा ऋणको लक्ष्य ३७ अर्ब रुपैयाँले घटाएकाछन्।
यसैगरी सरकारले संशोधित बजेट मार्फत राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्नेहरुलाई मासिक तीन हजार रुपैयाँका दरले भक्ता दिने घोषणा गरेको छ । घोषणा पश्चात अब जनयुद्ध, जनआन्दोलन लगायतमा ज्यान गुमाएकाको परिवारले मासिकरुपमा भत्ता पाउनेछन् ।