Kath Khabar
अर्थमन्त्री शर्मा र एमसीसीका उपाध्यक्षबीच सुमार बीच भेटवार्ता 

काठमाडौं, भदौ २६ । गठबन्धन सरकारका अर्थमन्त्री जनार्धन शर्मा प्रभाकर र नेपाल भ्रमणमा रहेकी अमेरिकाकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्याक्ष फतिमा सुमार बीच भेटवार्ता भएको छ । आज शनिवार सुमार नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री शर्मा समक्ष अर्थमन्त्रालयमा आज शनिवार भेटवार्ता गरेको हो । 

भेटका क्रमशमा अर्थमन्त्री शर्माले नेपाल र मिलेनियम च्यालेन्जबिच सन् २०१७ मा सम्पन्न मिलेनियम च्यालेन्ज कम्प्याक्टका बिषयमा राजनीतिकस्तरमा छलफल भईरहेको बताउनुभयो । सो अवसरमा उपाध्यक्ष सुमारले कम्प्याक्टलाई संसदबाट शिघ्र अनुमोदन गरी कार्यान्वयनमा लैजान जोड दिनुभएको थियो । 
 

प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update