नेता गोन्जालोको निधनले क्रान्तिको एउटा मोडेल तत्कालका लागि अन्त्य : अध्यक्ष दाहाल

काठमाडौं, भदौ २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले पेरु कम्युनिष्ट पार्टीका नेता गोन्जालोको निधनले क्रान्तिको एउटा मोडेल तत्कालका लागि अन्त्य भएको बताउनु भएको छ।
उहाँले सामाजिक सन्जालमार्फत पेरु कम्युनिस्ट पार्टीका नेता कमरेड गोञ्जालोको निधनले क्रान्तिको एउटा मोडेलको तत्कालका लागि अन्त्य भएको बताउनु भएको हो । उहाँले वैचारिक निष्ठा, त्याग र समर्पणका प्रतिक बनेका कमरेड गोञ्जालोप्रति हार्दिक श्रद्धाञ्जली समेत व्यक्त गर्नुभएको छ ।पेरुमा सशस्त्र क्रान्ति थालेका उनी आतंक फैलाएको आरोपमा सन् १९९२ देखि आजीवन काराबासको सजायँ भोग्दै आएका थिए । जेलमै रहेको अवस्थामा ८६ वर्षको उमेरमा शनिबार उनको निधन भएको थियो ।
प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८ ०९:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय