Kath Khabar
माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक

काठमाडौं, भदौ २९ । नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ। संघीय संसदमा भइरहेको अवरोध र मन्त्रिपरिषद विस्तारको विषयमा छलफल गर्न माओवादीले  स्थायी समिति बैठक बोलाएको हो।

बैठक मंगलबार ३ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने छ। सरकार बनेको लामो समय बितिसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै सदनमा अवरोध गरिरहेको छ। सभामुख अग्नि सापकोटाको आह्वानमा  सोमबार बसेको  सर्वदलीय बैठकमा  समेत एमाले सहभागी भएन ।

 

प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update