Kath Khabar
संविधान दिवसको अवसरमा अमेरिकी राष्ट्रपति वाइडेनद्धारा शुभकामना व्यक्त

काठमाडौं, असोज ३ । नेपालको संविधान एवं राष्ट्रिय दिवसका अवसरमा अमेरिकी राष्ट्रपति जोसेफ आर वाइडेनले  शुभकामना व्यक्त गर्नुभएको छ

 राष्ट्रपति  वाइडेनले संविधान दिवसको अवसरमा  नेपाली जनता र राष्ट्रपति विद्यादेवी भण्डारीप्रति हार्दिक बधाई ज्ञापन गर्नुभएको छ।  सन्देशमा उहाँले  बितेको वर्ष कोभिड–१९ को महामारी र  जलवायु परिर्वतनले निम्त्याएका सङ्कटको सामनाका साथै आर्थिक सम्बन्ध सुधारका निम्ति दुवै देशले सहकार्य र सहयोग गरेको बताउनु भएको छ । कूटनीतिक सम्बधमार्फत सुदृढ रहेको सत्तरी वर्षभन्दा पुरानो चिरस्थायी अमेरिका–नेपाल मैत्रीको उहाँले सराहना गर्नुभएको छ।

दुई देशका जनताबीचको सम्बन्धले पारस्परिक मैत्रीलाई अझ निकट ल्याएको तथा  शैक्षिक, व्यापारिक, सामाजिक एवम् राजनीतिक सम्बन्ध निरन्तर विकसित भइरहेको उल्लेख गर्दै अमेरिकी राष्ट्रपतिले सन्देशमा नेपालको लोकतन्त्र र सार्वभौमसत्ताप्रति अमेरिकाको अटल प्रतिबद्धता रहेको बताएका छन् ।

प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update