Kath Khabar
एमालेले बोलायो स्थायी समिति बैठक

काठमाडौं, असोज ३ । नेकपा एमालेले स्थायी समिति बैठक बस्दैछ । आइतबार दिउँसो साढे १२ बजे बस्ने गरी बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनु भयो  ।

असोज १५ देखि १७ गतेसम्म आयोजना हुने विधान महाधिवेशनको तयारीस्वरुप स्थायी समिति बैठक बोलाएको एमालेले जनाएको छ । विधान महाधिवेशनमा पेस हुने तीनवटा प्रतिवेदनका बारेमा छलफल हुनेछ । ‘राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव विधान महाहधिवेशनमा पेस हुने कार्यसूची छ । ती प्रस्तावमाथि छलफलका लागि स्थायी समिति बैठक बोलाइएको हो’, कार्यालय सचिव तामाङले भन्नु भयो ।

आजको स्थायी कमिटी बैठक अगाडि संविधान दिवसबारे कार्यक्रम हुने तामाङले बताउनु भएको छ । कार्यक्रमलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने छ ।

यस्तै पछिल्लो समय पार्टीमा १० बुँदे कार्यान्वयनपछि नेताहरूको कार्यविभाजनबारे समस्याका देखिएको छ ।  एमालेमा १० बुँदे कार्यान्वयन गर्ने भनिएपनि नेताहरूले जेठ २ अघिको जिम्मेवारी नपाएको गुनासो गर्दै आउनु भएको छ । खासगरी, सुदूरपश्चिम, बागमती र प्रदेश १ का इन्चार्जहरूले पूर्ववत अवस्थामा जिम्मेवारी नपाएको गुनासो छ ।

प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update