Kath Khabar
कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं, असोज ६ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाउनु भएको छ । पदाधिकारी बैठक प्रधानमन्त्री देउवा निवास बूढानिलकण्ठमा बुधबार अपरान्ह ३ बजे बस्नेछ ।

सत्तारूढ गठबन्धनको मंगलबार बालुवाटारमा बसेको बैठकले परराष्ट्र मन्त्री नियुक्त गर्ने सहमति गरेको थियो। परराष्ट्र मन्त्रालय कांग्रेसले नै राख्ने सहमति भएको छ।

यसैबीच परराष्ट्रमन्त्री कसलाई बनाउने र आसन्न १४ औं महाधिवेशन तयारीबारे छलफल गर्न  पदाधिकारी बैठक बस्न लागेको छ।

कांग्रेसमा १३ जिल्लामा वडा अधिवेशन हुन सकेको छैन। क्रियाशील विवाद मिलाए पनि नामावली सार्वजनिक नहुँदा असोज ५ का लागि तय गरेको वडा अधिवेशन प्रभावित भइसकेको छ।

साथै परराष्ट्र मन्त्री चयन गरेर सकेसम्म आजै सपथ गराउने पक्षमा प्रधानमन्त्री देउवा हुनुहुन्छ  वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मन्त्री बनाउनेबारे पार्टीमा छलफल हुने बताइएको छ।

 

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  ०८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update