
काठमाडौं, असोज ६ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले नेपाली कांग्रेसका नेता डा.नारायण खड्कालाई पराराष्ट्र मन्त्रीको जिम्मेवारी दिने भएको छ । बुधबार ११ बजे नेता खड्काको शपथ कार्यक्रम हुने तयारी रहेको छ। यसैबीच मन्त्री बनेकै दिन उहाँ साँझ न्युयोक जाँदै हुनुहुन्छ।
सत्तारुढ गठबन्धनको मंगलवारको बैठकले खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति गरेको थियो। संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै खड्का न्युयोर्क जान लाग्नु भएको हो
आज राति साढे ८ बजे डा खड्काको टोली न्युयोर्कका लागि उड्ने कार्यक्रम रहेको स्रोतको भनाई छ । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन मन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डल न्यूयोर्क प्रस्थान गर्ने बताइएको छ । उहाँले महासभालाई नेपालको तर्फबाट सम्बोधन पनि गर्न हुने छ ।
अन्तराष्ट्रिय समुदायमा नेपालको प्रतिनिधित्व देखाउनुपर्ने हुदाँ खड्कालाई बुधबार नै मन्त्री नियुक्त गर्न लागिएको हो।