Kath Khabar
मन्त्री छनोटलाई लिएर कांग्रेसमा विवाद, पौडेल पक्षको बैठक बस्दै

काठमाडौं, असोज ६ । नेपाली कांग्रेसका नेता डा.नारायण खड्कालाई  पराराष्ट्र मन्त्रीको जिम्मेवारी दिए सँगै कांग्रेसमा विवाद देखिएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेता  खड्कालाई परराष्ट्रमन्त्री बनाउने भए सँगै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आन्तरिक छलफल गर्ने भएको  छ ।

यसअघि पनि देउवाले आफू पक्षीय नेतालाई मात्र मन्त्री बनाएकोमा पौडेल पक्ष असन्तुष्ट देखिएको थियो । परराष्ट्रमन्त्रीमा पौडेल पक्षबाट सुजाता कोइराला र मिनेन्द्र रिजाललाई पठाउने तयारी थियो ।  तर देउवाले खड्कालाई रोज्नु भए सँगै विवाद देखिएको हो । सरकारका सन्दर्भमा देउवा एकलौटी अगाडि बढ्न खोजेको भन्दै पौडेल पक्षले आफ्नो रणनीति बनाउने तयारीमा जुटेको पौडेल पक्षका एक नेताले जानकारी दिनु  भयो ।

यो सँगै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बोलाइएको छ । बुधबार दिउँसो १ बजे महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा पौडेल पक्षको बैठक बस्न लागेको हो । प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले ३ बजेका लागि पदाधिकारी बैठक बोलाउनु भए पछि १ बजे पौडेल पक्षको बैठक बस्न लागेको हो ।

देउवाले आफू निकट बालकृष्ण खाँणलाई गृह, ज्ञानेन्द्र कार्कीलाई कानुन र उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाउनु भएको छ । यस्तै सत्तागठबन्धन मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेको छ।

 

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update