
काठमाडौं, असोज ६ । परराष्ट्र मन्त्रीमा कांग्रेस नेता डा.नारायण खड्का नियुक्त हुनु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले केही बेरअघि उहाँलाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्नु भएको हो ।
खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराउनु हुने छ । तर समय सार्वजनिक गरिएको छैन।
परराष्ट्रमन्त्री खड्का बुधबार नै अमेरिकाको न्युयोर्क जाने तयारीमा हुनुहुन्छ । सत्तारुढ गठबन्धनको मंगलवारको बैठकले खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति गरेको थियो। संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क जान लागेका हो ।