काठमाडौं, असोज ६ । ललितपुरको सानेपास्थित कांग्रेसको केन्द्रीय पार्टी कार्यालयमै प्रदेश मन्त्री र कार्यकर्ताबीच भनाभन भएको छ ।
प्रदेश २ का महिला तथा बाल विकासमन्त्री वीरेन्द्रसिंहले कार्यकतालाई गालीगलौज तथा घम्साघम्सी भएको छ । मन्त्री सिंह र सर्लाहीको बरहथवा नगरपालिका वडा नं. ४ हजरियाका वडाध्यक्ष लखिन्द्र महतोलाई अभद्र व्यवहार गर्नु भएको हो। केन्द्रीय पार्टी कार्यालमा दुवैबीच भनाभन र धकेलधकेल भएको छ ।
मन्त्री सिंहलाई अभद्र व्यवहार नगर्न आग्रह गरे पनि उहाँले आफूलाई नसिकाउन भन्नु भएको छ। उहाँले निरन्तर गाली समेत गर्नुभएको छ।
यस्तै मन्त्री सिंहले वडाध्यक्ष महतोलाई हातपात गर्ने प्रयास पनि गरेको देखिन्छ । प्रहरीले मन्त्रीलाई रोक्नु भएको छ ।
मन्त्रीजस्तो व्यक्तिले पदीय मर्यादा बिर्सेर पार्टी कार्यालयभित्रै गालीगलौज र हानाहानमा उत्रिनु अशोभनीय कुरा भएको भन्दै उहाँको आलोचना भएको छ ।
सर्लाही क्षेत्र नम्बर ४ क बाट निर्वाचित प्रदेश सांसद सिंह २ महिनाअघि प्रदेश सरकारमा कांग्रेसबाट मन्त्री बन्नु भएको हो । हाल उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।