Kath khabar
नेकपा एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल

काठमाडौं, असोज ७ । नेकपा (एकीकृत समाजवादी) को महासचिव बेदुराम भुसाल हुनु भएको छ।  नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा भुसाललाई महासचिव बनाउने सहमति जुटेको एक नेताले बताउनु  भयो ।

बिहीबार बिहान बसेको सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति भएको बताइएको छ।

 अव बस्ने केन्द्रीय कमिटी बैठकमा सचिवालयको सहमति प्रस्ताव पेस गरेर डा.भुसाललाई महासचिव घोषणा गरिने तयारी समेत रहेको बताइएको छ । महासचिवमा डा. भुसालसँगै नेताहरु मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, विजय पौडेल लगायतले आकांक्षा हुनुहुन्थ्यो ।

यसैबीच मंगलबारदेखि जारी एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज बिहीबार पनि बस्दै छ।

एकीकृत समाजवादीको अन्तरिम विधानअनुसार पार्टीमा अध्यक्ष एक, वरिष्ठ नेता १, उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव २ र सचिव ७ गरी १७ जना पदाधिकारी रहन हुनेछ। यी सबै गरेर ११५ पूर्ण र ३६ वैकल्पिक सदस्य गरी केन्द्रीय कमिटी १५१ सदस्यीय हुनेछ।

यस्तै केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्यसहित ५१ सदस्यीय पोलिटब्युरो र पदाधिकारीसहित २१ सदस्यीय स्थायी कमिटी रहन हुनेछ ।

 

प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update