नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता
काठमाडौं, असोज ११। परराष्ट्रमन्त्री डा.नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । परराष्ट्रमन्त्री खड्का र जयशंकरबीच न्यूयोर्कमा भेटवार्ता भएको हो ।
परारष्ट्रमन्त्री भए लगतै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुग्नु क्रममा खड्काले जयशंकरलाई भेट्नु भएको हो । उहाँको भारतीय अधिकारीसित यो पहिलो भेट हो ।
भेटको तस्वीर ट्वीट गर्दै भारतीय विदेशमन्त्री जयशंकरले आफूहरुबीच दुई देशको सम्बन्धलाई अगाडि लैजाने काम गर्ने सहमति भएको बताउनु भएको छ ।
प्रकाशित मिति: सोमबार, असोज ११, २०७८ ०७:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय