Kath Khabar
प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं, असोज ११ । प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । बैठक दिउँसो २ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाउने सम्भावित कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।

संसदको यो अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्षी नेकपा एमालेले नाराबाजी गर्दै आएको छ ।

एमालेको अवरोध र नाराबाजीकैबीच सरकारले बजेट प्रतिस्थापन विधेयक पारित गरेको थियो । बजेट प्रतिस्थापन विधेयक पास भए सँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ।

प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  ०९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update