Kath Khabar
शान्ति, सुरक्षा र स्थायित्वका लागि अफगानिस्तानका सबै पक्षलाई सहमति आवश्यक छ : परराष्ट्रमन्त्री खड्का

काठमाडौं, असोज १२ । नेपालले अफगानिस्तानमा पछिल्लो समय विकसित घटनाक्रम उसको आन्तरिक मामिला भएको बताएको छ । मंगलबार न्युयोर्कमा संयुक्त राष्ट्र संघको ७६औं महासभालाई सम्बोधन गर्नु हुदै परराष्ट्रमन्त्री नारायण खड्काले अफगानिस्तानको पछिल्लो घटनाक्रम आन्तरिक मामिला तथा ‘साझा चिन्ताको विषय’ समेत रहेको बताउनु भएको छ ।

परराष्ट्रमन्त्री खड्काले शान्ति, सुरक्षा र स्थायित्वका लागि अफगानिस्तानका सबै पक्षलाई सहमति जुटाउन समेत आग्रह गर्नुभएको छ । त्यस्तै उहाँले अफगानी नागरिकको आधारभूत अधिकारको सुनिश्चितता हुनुपर्ने पनि बताउनु भयो। ‘अफगानी नागरिकको आधारभूत अधिकारको सुनिश्चितता हुनुपर्छ, उहाँहरूले इज्जतका साथ जीवन बाँच्न पाउनुपर्छ,’ खड्काले सम्बोधनका क्रममा भन्नुभयोे । त्यस्तै यूएन चार्टरमा आधारित भएर अफगानिस्तानले अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध बनाउनुपर्ने ध्यान दिनु पर्ने परराष्ट्रमन्त्री खड्काको भनाई छ ।

अफगानिस्तान, लिविया लगायत द्धन्द्धग्रस्त मुलूलको स्थायित्व आफनै आन्तरिक विषय भएको बताँउनु हुर्दै उहाँले भन्नु भयो, ती मुलूकले आपसी समझदारीमा समस्या समाधान गर्न सक्ने विश्वास नेपालको रहेको छ।

त्यस्तै परराष्ट्रमन्त्री खड्काले म्यानमार प्रजातन्तत्र पुनर्बहालीका लागि सबै पक्षलाई आग्रह गर्नु भएको छ । लिबिया, सिरिया र यमनमा देखिएका समस्या समाधानका लागि पनि परराष्ट्रमन्त्रीले त्यहाँका सबै पक्षलाई सहमति जुटाउन आग्रह गर्नु भयो ।

मध्यपूर्वमा लामो समयदेखि इजरायल र प्यालेस्टाइनबीच संघर्ष जारी छ । परराष्ट्रमन्त्री खड्काले प्यालेस्टाइन र इजरायलबीचको समस्याको समाधान ‘दुई राष्ट्रिय अस्तित्व’ मार्फत नै हुनुपर्ने नेपालको लामो समयदेखिको मान्यता रहेको बताउनु भयो ।

यस्तै उहाँले कोभिड विरुद्धको खोपको असमान वितरणले न्यून आय भएका मुलुकमा आर्थिक–सामािजक असर परेको बताउनु भयो। खेपको न्यायपूर्ण र समान तरिकाले वितरण हुनुपर्ने समेत उहाँले सभामा माग गुर्नभयो । वर्तमान सरकारले नेपाली नागरिकलाई कोभिडको खोपको व्यवस्थापन गरेको र खोप लगाउने कार्यलाई उच्च प्राथमिकतामा राख्दै अबको ६ महिना भित्र सबैलाई खोप लगाई सक्ने परराष्ट्रमन्त्री खड्काले बताउनु भयो। मन्त्री खड्काको टोली हाल न्यूयोमकमा छ ।

 

प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  १०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update